Coordination, Innovation, Celebration

शिक्षक मित्रहरुमा अनुरोध

दीपक चन्दर ओझा

सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्किदै गएको छ । यसमा कतिपय कमिकमजोरी हाम्रा आफ्नै पनि छन , तर हामी शिक्षक लाई माथिल्लो निकायहरुले दोश्रो दर्जाको कर्मचारीको रुपमा लिने गरेको पाइन्छ । हामिहरु सङै सेवा प्रवेश हुने निजामती शाखा अधिकृत मन्त्रालय को सचिव सम्म पुग्छ भने हाम्रा त्यति नै योग्यता भएका संगै बिद्यालय सेवामा प्रवेश गरेका माध्यमिक शिक्षक जहाँ को त्यहीँ । हामी शिक्षकहरु लाई यस्तो विभेद किन ? हामीले अध्यापन गराएका हाम्रा बिध्यार्थी निजामती तर्फबाट उच्च पदमा पुग्न सफल हुने हामी शिक्षण पेशामा जहाँको त्यहीँ । 

यसको एउटा मात्र कारण नीति निर्माण तहमा हामी पुग्न नसक्नु । यो अन्तर्विभेद समाप्त गर्न शिक्षा क्षेत्रमा रहेका प्रशासनिक सनरचनाहरु समायोजन गरि पुनर्गठन गरिनु पर्दछ । सामुदायिक बिद्यालयको स्वीकृत शिक्षक दरबन्दी र नेपाल शिक्षा सेवा अन्तर्गतको स्वीकृत दरबन्दी लाई समायोजन गरि नेपाल राष्ट्रिय शिक्षक सेवा गठन गरि सो अन्तर्गत शिक्षक दरबन्दी पुनर्गठन गरि कायम गरिनु पर्दछ । स्थायी दरबन्दीमा कार्यरत स्थायी शिक्षक र नेपाल शिक्षा सेवा सेवा मा कार्यरत निजामती कर्मचारीलाई उक्त दरबन्दीमा समायोजन गरिनु पर्दछ । 

शिक्षा मन्त्रालय र मातहतका निकाय मा काम गर्ने कर्मचारी को तह निम्नानुसार हुनु पर्दछ : १ सचिव - राष्ट्रिय शिक्षक (रा.शि.) विशिस्ट श्रेणी २. सहसचिव- रा.शि. अतिरिक्त विशिस्ट श्रेणी ३. उपसचिव - रा. शि. प्रथम श्रेणी ४. शाखा अधिकृत बिद्यालय निरीक्षक वा सो सरह र माध्यमिक प्र.अ.- रा.शि. द्धितिय श्रेणी ५. माध्यमिक शिक्षक र आधारभूत(१-८) प्र.अ. - रा.शि. तृतीय श्रेणी ६. आधारभूत शिक्षक(६--८) र आधारभूत तह(१-५) प्रधानाध्यापक - रा.शि चतुर्थ श्रेणी ७. अधारभूत शिक्षक (१-५) - रा.शि. पाचौं श्रेणी  

यो कुरामा गम्भीर भइ सोचेरमात्र उपलब्धीमुलक सुझाव सहित comment गर्नु हुन आआफ्नो क्षेत्रबाट आवाज उठाइ दिनु हुन अनुरोध छ ।
Share:

0 response(s):

Post a Comment

Comment here !

Popular Posts