ADVERTISEMENT

बाल कथा: चरीको गुड

बाल साहित्य 
कथा: चरीको गुड

एका बिहानै निमेष घरको दातीमा परेवाको गुड हेर्न गयो। उ चराहरुको सौखिन थियो। परेवाका गुडमा एकजोडी परेवापरेवी बस्थे। दुबै मिलेर बच्चा कोरलेका थिए। निमेष ती बचेरा हेरेर धेरै रमाउने गर्थ्यो। बचेराका आमाबाबुले टाढा-टाढा देखि ल्याएर चारो खुवाएको हेर्न निमेष औधी मन पराउथ्यो। विद्यालयबाट आएपछि खाजा खाएर निमेष त्यही गुड हेर्ने गर्थ्यो। परेवाको रमाइलो परिवार देखेर रमाउने गर्थ्यो। "कहिलेकाहीँ त आफूलाई पनि चरा हुन पाए कति मजा हुन्थ्यो हगि?" आफैं कुरा गर्थ्यो। निमेषको यो बानीले घरका मान्छेहरु आजित भैसकेका थिए।

बुवाले एकदिन भन्नुभयो। "होइन यो केटो त न पढ्ने मन गर्छ न त केहि अराएको मान्छ! तैंले के गर्न खोजेको छ्स?" बुबाको कुरा सुनेर निमेष नाजवाफ हुन्छ। बाबुले फेरि भन्नुभयो - "अब म यो परेवाको गुडनै बेचीदिन्छु। घरमा फोहोरपनि त्यत्तिकै भयो। एउटाले वासै अन्त गरेन।" बाको कुरा सुनेर निमेष झस्किन्छ - "न बाले साच्चिकै बेचिदिने हुन कि परेवाको गुड?"
निमेष सशङ्कित हुन्छ। निमेष त्यस दिन डर मानिमानी स्कुल गयो। स्कुलमा कतै परेवाको गुड बाले बेचिदिइसकेकी उसलाई शङ्का लाग्यो। उसलाई राम्रोसङ पढ्न मनपनि लागेन। हाल्फ टाइम सम्म त जेनतेन कक्षामा बस्यो। हाल्फ टाइमपछि उसको मिल्ने साथी सागरलाई लिएर उ घर गयो। घर पुग्ने बित्तिकै निमेष चराको गुड हेर्न ग्यो। जादा त गुडमा न परेवा छ न बचेरानै। निमेष धेरै दु:खित भयो। त्यो दिन भातपनि खाएन उसले। परेवाप्रति उसको मोहले गर्दा निमेष सधैं निन्याउरो र असन्तोषि देखिन्थ्यो।
निमेषको यो चाला देखेर आमापनि चिन्तित हुनुभयो। निमेषका बापनि छोराको चाला देखेर पिर मान्न थाल्नुभयो। निमेषका बाले बेचेको परेवा फिर्ता ल्याउने भनेपछि निमेष अलिकति खुशी भयो। न भन्दै बाले पहिलाको परेवाको जोडी त ल्याएनन तर अर्कै परेवाको जोडीलाई ल्याउनुभयो। त्यो परेवाको भालेपोथी देखेर निमेष अलिअलि प्रफुल्ल त भयो तर सन्तोष मान्न सकेन। तर स्कुल चाहिँ जान थाल्यो जुन परेवा को जोडीको गुडमा उसको मन जान्थ्यो त्यसपछि पहिले-पहिलेको जस्तो अहिलेको गुडलाई खोजिनिधी गर्न छाड्याे। तरपनि अरु चरीको गुड भनेपछि निमेष हुरुक्कै अहिलेपनी..........।
गुड: चराको वासस्थान
 
भोला दुलाल
टोखा न.पा.१
२०७६/०६/०८

Post a Comment

0 Comments