Coordination, Innovation, Celebration

Sunday, 8 September 2019

बाल कथा : भुरी र बाघ

बाल साहित्य 
कथा 
शीर्षक:"भुरी र बाघ"

निकिता स्कुलबाट आउने बित्तिकै हातमुख धोएर,खाजा खाइवरी हजुरबाको नजिक गएर कथा सुन्न मन पराउथी।हजुरबापनि कथाको खानिनै हुनुहुन्थ्यो।कहिले भूत त कहिले अजङ्गको मान्छे खाने राक्षस त कहिले चोरहरुको कथा भनेर निकिताको मनमा डर उत्पन्न गराउन सिपालु हुनुहुन्थ्यो।एकदिन निकिताले अर्कै कथा भन्न हजुरबालाई जिद्दी गर्न लागि उक्त दिन हजुरबा भने कथा नभन्ने सुरमा हुनुहुन्थ्यो।हजुरबाले निकिताको अगाडी कथा नभनीकन सुख पाउनु भएन।बच्चाहरु स्वाभावले नै जिद्दी हुन्छन भन्नेमा हजुरबाले राम्रोसँग बुझ्नु भएको थियो।बालहठलाई कसैलेपनि नकार्न सक्दैन।"ल त्यसो भए म आज अर्कै कथा भन्छु,बीचमा छोडेर भाग्न पाइदैन नि!"हजुरबुवाले निकितालाई कायल पार्नु भयो।अघिपछि निकिता बिचैमा कथा छोडेर निद्रा लाग्यो भनेर जान्थी।तर आज हजुरबाले पहिलेभन्दा फरक कथा भन्ने भनेपछि आनन्द मानेर सुन्ने बाचा गरि उसले।
  हजुरबाले कथा सुरु गर्दै हुनुहुन्थ्यो,एकादेसमा एउटा भुरी थिइ।भुरी असाध्यै चकचके थिइ।उ अरुको कुरा पटक्कै सुन्दिन थिइ।आमाले नचिनेको मान्छेसङ नबोल्नु,कसैले केही दिन्छु खाउ भनेर दियो भने नखानु र आफ्नो साथीहरुलाई छोडेर टाढाटाढा नजानु भनेर सम्झाउने गर्थिन।उता भुरी भने आमाले भनेको कुरालाई कानै हल्लाउँन्नथि। म मात्रै जान्ने छु भन्ने ज्यादै घमण्ड थियो उसमा।भुरीकि एउटा दाइ थियो।उसको नाम थियो तिखे।एकदिन तिखेले बहिनिलाई भन्यो,"भुरी आउ आज अलिपर मिठो स्याउला घास छ,जाउ है!"तर भुरी अरुले भनेको कुरा सुन्दिनथि।तिखेले धेरै सम्झायो ।तर भुरिले मानिन।उसले आफ्नो दाज्युको कुरालाई वास्ता गरिन।उ एक्लै चर्न लागि।"म अरुभन्दा चलाख छु,जे समस्या आयो भनेपनि म भागी हाल्छु नि।"भन्थी उ।त्यो दिन त्यत्तिकै बित्यो।भोलिपल्ट पनि भुरी एक्लै चर्नु लागी।त्यसदिन पनि तिखेले धेरै सम्झायो।तर भुरीले मान्दै मानिन।भुरी एक्लै चर्न लागी।उसले चरिरहेको ठाँउ अलिक सेपिलो र धापिलो थियो।त्यहाँ अरु जंगली जनावरहरु जस्तै मृग,जरायो,खरायो बदेल जस्ता जनावर बस्थे।त्यही नजिक ओढारमा एउता शेर बस्थ्यो।शेर धेरै दिन देखिको भोको थियोे।नजिक कुनै चिज आएमा सलक्कै निलुझै लागेको थियोे।तर शेरको एउटा खुट्टा बिरामी थियो।शेरले अनेक जुक्ति निकाल्न कोशिश गर्यो।उसले नजिकै एउटा बाख्रो चरिरहेको देख्यो।उसका दात तिखारिन थालिसक्यो।कतिदिन देखिको भोको जिब्रोमा रस आउन थालिसकेको थियो।तर दौडन नसकेपछि कसको के लाग्छ।उसले स्याउला भनेसी बाख्रालाई धेरै मनपर्छ भनेको कतै सुनेको थियो।उसले अब बाख्रालाई अर्थात भुरीलाई लोभ्याउने बिचार गर्यो।"कति मिठो स्याउला आहा!कति मिठो स्याउला आहा!" भनेर बाख्राको जस्तै स्वर गरेर करायो।त्यसपछि त भुरीलाई त्यो मिठो स्याउला नखाई भएन।उ कुदेर त्यो आवाज भएको ठाँउमा गयो।तर त्यहाँ कुनै स्याउला थिएन।बरु बाघलेपो कराएको कुरा बुझ्यो।दुर्भाग्य!ढिलो भैसकेको थियो।उ बाघको पन्जामा पर्यो।बाघले मिठो मानेर भुरीको आलो रगत पियो।त्यतिबेलासम्म निकिताको अँखाबाट आसु झरीसकेका थिए।यसपटक भने निकिताले हजुरबाको कथा सबै सुनि..........

भोला दुलाल
टोखा न.पा.१
२०७६/०५/२०
Share:

0 response(s):

Post a Comment

Comment here !

Advertisement

Study in Norway

Study in Norway

Blog Archive

Popular Posts

Our Facebook Page

ADVERTISEMENT