बेलुन जस्तो यो जिन्दगी ! आश भरेको छु ।
जिउँदो देखिन्छु किनकि, सास भरेको छु ।
अस्तित्वको अभिभारा पूरा गर्नलाई
पेटमा केही चामल र, मास भरेको छु ।
मायाको यो रंगीचंगी दुनियाँको माथी
ताराहरु खोजी खोजी आकाश भरेको छु ।
के गुनासो गर्नु मेरो मुटु खाली देख्नेसंग ?
मगमग बसाउने सुवास भरेको छु ।
जिउँदो देखिन्छु किनकि, सास भरेको छु ।
अस्तित्वको अभिभारा पूरा गर्नलाई
पेटमा केही चामल र, मास भरेको छु ।
मायाको यो रंगीचंगी दुनियाँको माथी
ताराहरु खोजी खोजी आकाश भरेको छु ।
के गुनासो गर्नु मेरो मुटु खाली देख्नेसंग ?
मगमग बसाउने सुवास भरेको छु ।
0 response(s):
Post a Comment
Comment here !