बाल कथा: कालेको कथा

बाल कथा 
शीर्षक:"कालेको कथा"
सधैं जसो नेपाली पढाउने सरले केहि न केहि कथा सुनाएर प्रीति र उनका साथीहरूलाई रमाइलो बनाउनु हुन्थ्यो। हुन पनि रामकृष्ण सरको कथा भन्ने शैली रोचक हुन्थ्यो। शुक्रबारको दिनमा विद्यालयमा अक्सर शुक्रबारिय कार्यक्रम बढिनै हुने गर्छन। आजपनि रामकृष्ण सरले केहि न केहि कथा बोकेर आउनुभएको छ भन्ने केटाकेटीलाई लाग्यो।
सर कक्षामा पस्ने बित्तिकै प्रीतिले सम्झाउछे,"सर आज कथा सुनाउने दिन हो। आज अलि अर्कै कथा भन्नू न सर!"
"कस्तो कथा प्रीति?"
रामकृष्ण सरले केटाकेटीको कुरा काट्न सक्नुहुन्न।
"ल त्यसो भए आज म तिमीहरूलाई अलि फरक कथा भन्छु ल!" सरले लेग्रो तानेर बोल्नुभयो। "ल सुन!"
एउटा गाउँमा काले नाउँ गरेको केटाे थियो। उसको बाबु उ तीन वर्षको हुँदा मरेछ्न। उसकी आमाले उसको बाबुको मृत्यु भएको एक वर्ष नपुग्दै अर्कै मान्छेसँग  विवाह गरिछन। कालेको हेरचाह गर्ने कोहि भएन। उसको आफन्तले उसलाई केहि वर्ष हेरचाह गरेपनि पछि उसलाई हेलाँ गरेर घरबाट निकाली दिएछन। काले बेसहारा बनेछ। उ भागेर काठमाडौं आयो। त्यो बिरानो सहरमा उसको आफ्नो कोहि थिएनन। जाडोको बेला थियो। कालेको राम्रो लुगाफाटाे केही थिएन। काले रातको समयमा सडकको पेटिमा पल्टेको थियो। जाडो महिनामा काठमाडौंमा जाडो खपिनसक्नु हुन्छ। काले बिरामी पर्छ। दुईतीन देखि कालेले केही खानपनि पाएको थिएन। गरिबको सहारा भगवान हुन्छ्न भनेझैं कालेलाई त्यस्तो हालतमा एकजना साहु (नेवार जातिको व्यापार गर्ने मानिस)ले फेला पार्छन्। उनले कालेलाई आफ्नो घरमा लगेर राख्छन। ज्वरोले थला परेको कालेलाई साहुले उपचार गर्छ। काले विस्तारै तङृन्छ। कालेलाई साहुलाई धर्मपुत्र बनाउछ्न। काले राम्रोसँग पढ्छ। उ पछि गएर डाक्टर बन्छ। उ एउटा अस्पतालमा काम गर्न थाल्छ। एकदिन उसको जीवनमा नसोचेको घटना घट्याे। एकजना अर्ध-वैशे महिला अस्पतालको वेडमा लडिरहेको देख्छ। बिल्कुल बेसहारा। कालेको आँखा रसाए। कालेले आमाको माया नपाएनि आमाको याद झलझली सम्झन्थ्यो। कालेले ती महिलाको राम्ररी उपचार गर्‍यो। उनी विशेक भैइन। तर ती महिलाप्रति कालेको मन तानियो। उनिपनि पहिला कालेजस्तै सडकमा फालिएकी रहिछन्। कसैले दया गरेर अस्पतालमा पुर्याएर छोडेको रहेछ। कालेले ती महिलालाई उद्दार गरेर आफैंले पाल्छ। अहिले कालेले असाय केन्द्र खोलेर समाज सेवामा लागेको छ।
"कस्तो लाग्यो त कालेको कथा?"सरले सोध्नुभयो। केटाकेटीको अनुहारमा भाबुकता झल्किन्थ्यो। आँखा रसाएका थिए।
(काल्पनिक)
भोला दुलाल
टोखा न.पा.१
२०७६/०६/०६

Post a Comment

We are always happy to hear from you !

Previous Post Next Post