बाल साहित्य
कथा:"भूनीको व्यथा"
आमाले
भूनीको लागि टिफिन अगाडिनै तयार गर्दिसक्नु भएको रहेछ। टिफिन के रहेछ भनेर
अघिपछि खोजिपासुली गर्ने भूनी आजचाहिँ ठुस्किएर स्कुल जान्न भन्न
थाली। भूनिलाई खाजामा उसिनेको अन्डा अति मन पर्थ्यो। हिजोअस्ति कसैले
भनोसनभनोस स्कुल जान तम्तयार भूनी त म स्कुल जान्न मात्रै भन्छे। आमा अचम्म
मान्नुहुन्थ्यो। "किन भूनी स्कुल नजाने?तोमिलाई के भयो?" आमाले खोर्याएर
सोध्नुभयो। भूनीले कुनै जवाफ फर्काइन। उल्टो ठुस्स परेर मात्रै बस्छे
भूनी। त्यो दिन आमाले भै जाओस् भनेर त्यत्तिकै छोडिदिनु भयो।
"ल!ल!
भूनी छिटो तयार होउ। स्कुल जान ढिलो भैसक्यो।" आमाले भूनीलाई उठाउन
जानुभयो। तर आजपनि भूनी स्कुल जान्न भन्नथाली। "नाइँ मामु म स्कुल
जान्न,मरेपनि जान्न। भूनि स्कुल जान्न भनेर खुट्टा भूइंमा बजार्न थाली। उता
आमालाई रिस उठ्यो। एक चड्कन गालामा हान्नु भो। यस अघि कहिल्यै एक लबटाे
नहानेकी आमाले आज भूनिलाई गाला रातो हुनेगरी थप्पड हान्दा भूनी भन्दापनि
आफै दु:खी हुनुभयो। गालाको थप्पडले भूनीलाई ज्वरोनै आयो। अरु दुईतीन दिन
भूनीको पढाई छुट्याे।
प्रिन्सिपलले
फोन गर्नुभयो। "म्याडम आजभोलि किन भूनी स्कुल न आएको? उसको पढाई धेरै
छुट्याे त!" भोलिदेखि भूनीलाई स्कुल पठाउनुहोला है!"
उता
भूनिको आमाले भूनीको बारेमा सबथोक बताइन्। भूनी कक्षामा अनुशासित, पढ्न
चाहाने, दिएको कामलाई कुरा भूइंमा खस्न नपाउदै गरिसक्ने बानीले सर र
म्यामहरुपनि खुशी थिए। तर एक्कासि भूनीको लगातारको अनुपस्थितिले सर, म्याम र
उसका साथीहरु चिन्तित थिए। भूनि पढाईमा मात्रै होइन नाच्ने, चित्र कोर्ने र
बजाउने कलामा समेत उत्तिकै ध्यान दिन्थी। एकचोटि भनेको कुरा बिर्सन्नथि उ। तर
आजभोलि भूनी स्कुल नआएकोमा प्रिन्सिपल सर बढि हैरान हुनुभयो। अनि भूनीको
सम्पुर्ण रेकर्ड पल्टाउनु भयो। भूनीको छिटोछिटो पिसाब लाग्ने रोग रहेछ। उसलाई
दसदस मिनेटमा पिसाब फेर्नुपर्ने पिडाले दुख दिएको कारणले सर-म्यामलाई
ट्वाइलेट जान्छु भनेर भन्थी। भूनीको त्यस्तो बानिले आजित भएर एकदिन भूनीलाई
नराम्रोसङ झपारेछ्न। भूनीलाई त्यसको असर नराम्ररी गडेछ। भूनीलाई त्यसपछि
स्कुल जान मन लागेन छ।
भूनीको व्यथाको बारेमा
पहिल्यै थाहा भएको भए शाहेद भूनीले स्कुल जान्न भन्दिन थिइ होला। भूनीको
परिवार, प्रिन्सिपल सर र सर-म्याम भएर भूनीलाई सम्झाउछ्न। भूनीको घरीघरी
पिसाब लाग्ने रोगकोपनि उपचार हुन्छ। आजभोलि भूनी कहिलेकाहीँ बाहेक स्कुल जान
भन्दिन।
केहि आगन्तुक शब्दहरु:
अन्डा: कुखुराको फुल
मामु: आजभोलिका बच्चाहरु आमालाई मामु भन्छन।
म्याडम: विवाहित महिलालाई सम्बोधन गरिदा प्रयोग हुने अङ्ग्रेजी शब्द।
सर: गुरुबा
म्याम: गुरुआमा
टिफिन: दिउसोको खाजा
ट्वाइलेट: चर्पी
स्कुल: विद्यालय
प्रिन्सिपल: विद्यालयको प्रमुख मानिस
भोला दुलाल
टोखा न.पा. १
२०७६/०६/०२
0 Comments
Comment here !