लघुकथा

बा र आमा  आज निकै चिन्तीत देखिन्छन ।
बा : छोरोले फोन गर्यो?
आमा: छैन।
बा: सानीलेनी?
आमा: अहँ।
बा महि तुल्याउन सामान तयार गर्दै थिए्। आमाचैँ चुल्हो तयार गर्न थालीन।
"आज सुन पसलबाट फोन अाको थ्यो।"
" अनी?"
" पैसा माग्दैथ्यो" - आमाले लोरी फुक्दै भनीन।
" भैगो, अबको पेन्सनले सबै तिरीन्छ, तेरो सुन कतै जाँदैन।"
" आमा कस्तो चक्कर लाग्या लाग्यै छ भन्या।"
" औषधी खान बिर्सीस कि, के हो?, तँलाइ त जति भनेनि लाग्दैन।" बाले मही घ्वार-घुर पार्न थाले।
" बिहानै भारी बोकेर खेत गएसी, भर्खर त घर आउदैछु, कसरी खानुनी?"
" विचार गरे दु:ख पर्दैन क्या।"
...
...

खाना खाइ-ओरी सुत्नुअघि बालाइ चुरोट पिउनै पर्छ। बुढा धुवाँ उडाउदै टोलाइरहेका थिए।
आमा सानो भाँडो लिएर बाको नजिक आइन।
"मेथीको गन्ध आयो त !"
"जिउ दुख्दैन क्या !" - आमाले अलिकति तेल हातमा लिएर बाको खुट्टा मालिस गर्न थालिन।
बाले केहि प्रतिक्रीया जनाएनन्। उनलाइ जिउ सन्चो हुँदै थियो, र चुरोट हातमै थियो।
"खोइ छोड। म आफैँ मालिस गर्छु।"
आमाले केही नभनी मालिस गर्दै थिइन्।
"ल ला, झन्डै सिङ्गै खाइसकेछु" बाले बाँकि आधा चुरोट आमालाइ दिए।

यस्तै गरि बा-आमाको यो दिनपनि बित्ने भयो।

...

उता अमेरिकामा बुढा-बुढीका छोरा-बुहारी र छोरी-ज्वाँइ एकै ठाउँमा भेला भइ Valentine Day - डिनर खाँदै थिए। छोरीचैँले फोन गरी - आमालाइ।
धेरै घण्टी बजेपछि बल्ल फोन कसैले उठायो।

उ एकोहोरिन थाली, आँखा रसाउन थाले।

...

सुन पसलको साहुले साहुनीलाइ भन्दै थियो - "२ हजार मात्र तिर्न बाँकि थियो, बुढी गैहालीन्, बुढा अब कहिले आउँछन् खै?"
Dipesh Dulal (दिपेश दुलाल)

This is Dipesh Dulal who simply loves to work with people and be with people. I love inspiring and getting inspired. Do count me if you feel the same, and more if you are into school education.

Post a Comment

We are always happy to hear from you !

Previous Post Next Post