बाल कथा: निमाको अनुशासन

शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। "भोलि बिहान चाडैं आउँ है सबैजना!" राजुले भन्यो। कतिबेला  जम्मा हुने हो हामीहरु?" निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा जम्मा हुने हो।" राजुले सबैलाई सम्झायो। उर्मिलाले सबैको कुरामा हो हो मात्रै भनी तर कुनै प्रतिक्रिया जनाइन।
भोलिपल्ट आ-आफ्नो खाजा बोकेर ऊनीहरु शिवपुरीको चिसो  बतास,कलकल बगिरहेको ठण्डा पानी र अनेक थरीका बाेटबिरुवा अवलोकन गर्दै सिधै गन्तव्यतिर लम्किन्छन। हिउँदको महिना भएकोले त्यतिको पानी पर्ने सम्भावना थिएन। उनिहरु साढे नौ बजे गुम्बामा पुग्छन। निमाले पुग्नेबित्तिकै गुम्बा अगाडीको ठूलो बुद्ध भगवानको मुर्तिलाई ढाेग गरिन। गुम्बा वरिपरि रहेको झारपात उखेलेर मिल्काइन। तर पासाङ,राजु र उर्मिला भने आफूले लगेको खाजा जस्तै चाउचाउ,बिस्कुट र कुर्मुरेको खोल जथाभावी फालिरहेका थिए। उनीहरुको त्यस्तो चाला देखेर प्रहरी दाइले भन्नुभयो - "तिमीहरूलाई लाज लाग्दैन? त्यत्रो सूचना टासिंएको थाहा भएन?" उल्टो प्रहरी दाईलाई मुख छाेड्छन ऊनीहरु। प्रहरीपनि रिसले चुर हुँदै तिनीहरुलाई समात्छ्न।" तिमीहरूलाई म तिमीहरू पढ्ने स्कुलमा लगेर बेइज्जत गर्छु।" प्रहरी दाइले हप्काए। तर ऊनीहरुले अझै घमण्ड देखाए।
एकछिनपछि निमा आइपुग्छे। "प्रहरी अंकल-प्रहरी अंकल एकचोटिलाई आफ्नो छोराछोरी सम्झेर माफ गरिदिनु होला! आइन्दा हामी भुलेरपनि यस्तो गर्दैनौं।"
 उता राजुलेपनी माफ माग्दै भन्यो - "हो प्रहरी अंकल ! अब हामी जथाभावी फोहोर फाल्दैनौ। जहाँ राख्नु भनेको छ त्यहाँ राख्छौ।"  
"ल त्यसो भए कान समाएर दसदस चाेटि उठबस गर अनिमात्र जान दिन्छु। नत्र तिमीहरूलाई छोड्दिन। ऊनीहरुले प्रहरी अंकलले भनेको माने। निमालाई प्रहरी अंकल ले पचास रुपैयाँ दिनुभएको उसको अनुशासन देखेर। उक्त दिनको शनिबार ऊनीका लागी अविस्मरणीय भयो...........।
 
(काल्पनिक)
भोला दुलाल
टोखा न.पा. - १,काठमाडौं 
२०७६/०८/१७

Post a Comment

We are always happy to hear from you !

Previous Post Next Post