सानु मैचा कागती गाउँकी केटी हुन। ऊनी अहिले कक्षा सातमा पढ्दैछिन। असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउछिन। कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु ऊनी सर-मिसको माया पाएर झन हौसिएकि थिइन। पोहोर साल बाबु धन बहादुर मरेपछि ऊनी टुहुरी भइन। अघिपछि सधैं हसिलो अनुहार हुने सानु मैचा आज अलि फरक देखिन्छिन। निन्याउरो र मलिन अनुहार लिएर विद्यालय आएकी सानुमैचालाई उनको मलिन अनुहारको बारेमा हेडसरले सोधपुछ गर्नुभयो। "किन सानुमैचा? तिमि एकदुई दिनदेखि बेखुसी देखिन्छेउनी?" हेडसरको प्रश्न भुइँमा खस्न नपाउदै सानुमैचाको आँखाका डिलमा आँशु तर्कियो। हेडसरले फेरी खै गर्नुभयो। "किन के भयो र?" सानुमैचा भक्कानिदै भन्छिन -"सर म पढ्न चाहन्छु। म पढेर देशको नाउँ उच्च बनाउन चाहन्छु। तर मेरो आमाले अब मेरो बिहे कक्षा ६मा पढ्ने रामलाल श्रेष्ठसङ्ग गरिदिने रे। गाउँभरी हल्ला छ। मेरो कक्षाका साथीहरू मेरो र रामलालको कुरालाई लिएर जिस्काउछ्न।" सानुमैचाको कुरालाई लिएर हेडसरको मनपनि चसक्क भो।
 
एकदिन शुक्रबारको दिन विद्यालयमा हुने अतिरिक्त कृयाकलाप पछि छुट्टी भो। विद्यार्थी भने घर गए। तर हेडसरले सानुमैचाको आमा र रामलालको बुबा-आमालाई स्कुलमा बोलाउनु भयो। "सानुमैचा र रामलाल दुबै नाबालक हुन। उनीहरुको बिबाह गर्ने उमेर पुगेको छैन। उनीहरु असल बिद्यार्थी हुन। भविस्यमा उनिहरुले राम्रो गर्न सक्छन। त्यसकारण उनीहरुको विवाह होइन उचित शिक्षा-दिक्षामा ध्यानदिनु होला।" हुनपनि कागती गाउँमा सानैमा विवाह  गरिदिने चलन पुरानै हो। घर धान्न र बाबुआमाको बोझको रूपमा रहेको छोरीको बिहे गरिदिन पाए आङ हलुको हुने सोचाइ थियोे। सानुमैचा र रामलालका बाबुआमालाई त छोराछोरीको बिहेको चिन्ता नहुने कुरै भएन। हेडसरले कागती गाउँका बालबालिका उमेर नपुग्दै बिबाह गरेर विभिन्न स्वास्थ समस्याले ग्रसित भएको र सामाजिक बेथिति रहेको कुरामा जानकार थिए। उनले सानुमैचा र रामलालको बाबुआमालाई राम्ररी सम्झाएपछि दुबै पक्ष सानुमैचा र रामलालको पढाई अगाडि बढाउन सहमत हुन्छन।
 
अहिले सानुमैचा नर्सिङ पेशा सम्हालेर गाउँमानै सेवारत छिन। उता रामलाल गाउँमा शिक्षण पेशामा समलग्न छ। उनीहरुको विवाह  भयो भएन त्यो थाहा छैन। तर हेडसरको बेलैको सम्झाइ-बुझाइले सानुमैचा र रामलाल देसकै दक्ष जनशक्ति भएर उदाहरण बने......।
 
(यो काल्पनिक हो।यो कसैको जीवनमा मेल खाएमा संयोग मात्रै।)
 
भोला दुलाल
टोखा न.पा. - १, काठमाडौं 
२०७६/०८/२२