बाल कथा: पल्लो घरको हजुरबा

स्वस्ती आमाको नजिकै गएर भन्छे, "आमा हाम्रो पल्लो घरमा हजुरबा भोकभोकै हुनुहुन्छ रे! मेरो साथी रश्मिले भनेकी।"
आमा आश्चर्य मान्दै सोध्नुभयो, "किन को र स्वस्ती? हामीले नचिनेको मान्छेको कुरा गर्दैछेउ। फेरि यो गाउँ होइन शहर हो। यहाँ सबैको बारेमा कहाँ याद गर्न सकिन्छ र? उनका आफ्ना छोराछोरी होलान् नि के को चिन्ता?"
आमाको सजिलो उत्तरले स्वस्ती शान्त त भै तर आमाको अचम्म लाग्दो अभिव्यक्तिले दुखित थिइ। केहि समयपछि स्वस्ती आफ्नी साथी रश्मिलाई लिएर पल्लो घर गइ। त्यहाँ हजुरबाको हालखबर बुझ्दा छोराछोरी सबै अमेरिका क्यानडा बस्दा रहेछन्। घरमा एकजना काम गर्ने मान्छे राखेका त रहेछ्न, तर केहि समयका लागि गाउँ गएकोले सरकारले गरेको लकडाउनका कारणले आउन नसकेको रहेछ। उमेरले करिब सत्तरी वर्ष जतिका हजुरबा प्रेसर र सुगर रोगले पीडित रहेछ्न। काम गर्ने मान्छे नभएकोले औषधी र खानाको ठेगान थिएन। बुढा मान्छे निकै सिथिल र कमजोर देखिन्थे। स्वस्तिले हजुरबाको सम्पुर्ण औषधीको टाइमटेबल मिलाइदिइन। हजुरबाले खाना नखाएको दुई-तीन दिन भैसकेको रहेछ। स्वस्तिले हजुरबालाई आफ्नो घरबाट खाना खुवाइ। स्वस्तीको सहयोग देखेर हजुरबाले आखाभरी आसु राखेर भन्न लाग्नुभो, "छोराछोरी मात्रै भएर के गर्नु नानी आपतमा कोहि भएन। यो अवस्थामा सेवा गर्ने कोहि भएन। तिमि मेरो छोराछोरी भन्दापनि ठूली हौ।" हजुरबाको कुरा सुनेर स्वस्तिले पनि हजुरबालाई सान्त्वना दिदै भन्न लागी, "हजुरबा दुख पर्दा सहयोग गर्नुपर्छ भनेर स्कुलमा गुरुहरुले सम्झाउने गर्नुहुन्थ्यो। सहयोग नै धर्म हो भनेर हामीलाई भन्नुभएको छ। तपाईंजस्तो उमेरले पाको मान्छेलाई सहयोग गर्न पाउनु मेरो भाग्य हो।
स्वस्तीको कुराले हजुरबा प्रभावित हुनुभो र स्वस्तीलाई आशिर्वाद दिए। स्वस्तीको कामले आमापनि खुशी हुनुभो। आफ्नी छोरिको सानो उमेरमापनि सहयोगको भावनाको गर्व गर्नुभो। आजभोलि स्कुल नगएपनि स्वस्तिको दिनचर्या आपसी सरसहयोगमा बितिरहेको छ।
भोला दुलाल
टोखा न.पा.१,काठमाडौं 
२०७७/०१/२०

Post a Comment

We are always happy to hear from you !

Previous Post Next Post