विश्वभर फैलिएको कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधी समेत अनिश्चित रहेको हुँदा विद्यार्थीहरुको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ट(१) मा उल्लेखित मध्ये कक्षा १० का विद्यार्थीहरुको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी ऐ.ऐनको दफा २० मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत नेपाल सरकार मन्त्री परिषद्बाट मिति २०७७ ०२ २८ मा निर्णय भई आदेश भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डले देहायको कार्यविधि बनाएको छ ।
0 Comments
Comment here !